नेपाल अर्बुद राेग निवारण संस्था संखुवासभाकाे २२ औ जिल्ला सभा सम्पन्न



खाँदबारी । नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला साखा संखुवासभाकाे २२ औ जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएकाे छ ।
शाखा अध्यक्ष कृष्णराज शाक्यकाे सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएकाे हाे ।

जिल्ला सभालाई सम्बाेधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लाे समय नेपालमा क्यान्सर राेग तिब्र गतिमा फैलँदै गएकाले सुर्तिजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयाेगकाे बिषयमा जनचेतना जगाउन आवश्यक भएकाे धारणा राखेका थिए ।

कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले धुम्रपान मध्यपान र शुर्तिजन्य पदार्थकाे प्रयाेगमा कमि ल्याउन जनचेतनामुलक कार्यक्रमकाे आवश्यकता रहेकाेमा जाेड दिए ।

यसैबिच अर्बुद राेग निवारणकाे क्षेत्रमा लामाे समय कृयाशिल मेनुका श्रेष्ठले क्यान्सर राेगलाई प्राण घातक राेगका रुपमा लिने गरिएपनि समयमै उपचार गरिए पुर्ण रुपले निकाे पार्न सकिने राेग भएकाे धारणा राखे । उनले स्थानीय तहसंगकाे सहकार्यमा जिल्लाका ग्रामिण क्षेत्रसम्म क्यान्सर राेग बिरुद्ध जनचेतना फैलाउन संस्थाले भुमिका खेल्नुपर्ने सुझाब प्रस्तुत गरेकि थिईन् ।

कार्यकमका प्रमुख अतिथी पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरीले अर्बुद राेग निवारण संस्था संखुवासभाले क्यान्सर राेग र यसकाे न्युनिकरणका लागि खेलेकाे जनचेतनामुलक भुमिका प्रशंसनीय रहेकाे बताएका थिए । उनले नियमित स्वास्थ्य परिक्षण, सुर्तिजन्य पदार्थकाे बहिस्करण, बिषादी रहित खानपिन र नियमित ब्यायाम नै क्यान्सर राेगबाट बच्ने उपाय भएकाेमा जाेड दिएका थिए ।

नेपाल अर्बुद राेग निवारण संस्थाका जिल्ला सचिब निरञ्जन श्रेष्ठले संचालन गर्नुभएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल अर्बुद राेग निवारण संस्थाका जिल्ला अध्यक्ष कृष्णराज शाक्यले नेपालमा क्यान्सर राेगका कारण बर्षेनी २७ हजार बढिले ज्यान गुमाएकाे आँकडा प्रस्तुत गरेका थिए ।

अध्यक्ष शाक्यले समयमा उपचार पाएकाे खण्डमा ७० प्रतिशत क्यान्सर राेग निकाे हुने तथ्यांक रहेकाे बताए । अर्बुद राेग निवारण संस्थाका जिल्ला उपाध्यक्ष अनुपयुश शाक्यले जिल्ला सभामा उपस्थित प्रमुख अतिथी, बिशिष्ठ अतिथी, संस्थाका पदाधिकारी, कार्य समिति सदस्य लगायत उपस्थित महानुभावहरुलाई स्वागत मन्तब्य प्रकट गरेका थिए ।

सम्बन्धित समाचार