खैरो हिरोइन सहित संखुवासभामा एक जना पक्राउ



खाँदबारी । लागु औषध खैरो हिरोईन सहित संखुवासभाको खाँदबारीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुधबार खाँदबारीको बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्तका बर्ष ३० का एमडी साहेवजान रहेका छन् । साहेबजानबाट २.८ ग्राम लागु औषध खैरो हिरोइन र नगद बीस हजार रुपैयाँ बरामद गरिएको हो । भारतीय साहेवजानले केही समयदेखि लागु औषध कारोवार गरीरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

साहेबजान उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार