आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ



भोजपुर । आमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । ६८ वर्षीया आमा निरकुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरुण गाउँपालिका–४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

खुर्पा प्रहार गरी आमा निरकुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार