नेशनल लाईफ ईन्स्योरेन्सले दियो १५ लाख रुपैयाँ मृत्यू दावी भुक्तानी



खाँदबारी । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दावी भुक्तानी वापत १५ लाख १ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी गरेको छ । बिमा गरेर मृत्यू भएका भोटखोला गाउँपालिकाका फुर्पू छिरिङ भोटेको परिवारलाई उक्त रकम भुक्तानी दिईएको हो ।

कम्पनीले भोटखोला गाउँपालिका ४ को गोलामा एक कार्यक्रमको आयोजना गरि भोटेको श्रीमती जोम्मा भोटेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो । भोटेले ५ लाख बिमाङ्क रकम बराबरको बिमा गरेका थिए । २०७९ मा बिमा गरेर एक किस्ता मात्र तिरेका भोटेको २०८० मंसिर २६ गते मोटरसाईकल दुर्घटनामा मृत्यू भएको थियो ।

त्यस्तै, भोटे आफु प्रस्तावक भई आफ्नो छोराको समेत २०८० जेठमा ४ लाख ७५ हजार रुपैयाँको बिमा गरेका थिए । आफ्नो बिमा वापतको १० लाख २६ हजार ६ सय ६७ रुपैयाँ र छोराको प्रस्तावक भए वापतको ४ लाख ७५ हजार रुपैयाँ गरि एकमुष्ट १५ लाख १ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी गरिएको हो । दुवै विमा योजनामा एक एक किस्ता मात्र तिरेको भोटेको परिवारलाई कम्पनीको नियम अनुसार रकम भुक्तानी गरिएको कम्पनीका विजिनेश मेनेजर नेपालमान श्रेष्ठले जानकारी दिनुभयो ।

मृतकको परिवारलाई भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटे र वडा नम्बर ४ का अध्यक्ष बिकास तामाङले चेक हस्तान्तरण गरेका थिए ।

 

सम्बन्धित समाचार