तुम्लिङटारमा “टोल टोलमा पुस्तकालय, जनजनमा सिकाइ”



खाँदबारी । मनराम फाउन्डेशन र मनकामना रत्न अम्विका माध्यामिक विद्यालय तुम्लिङटारकाे सहकार्यमा खाँदबारी -९ तुम्लिङटारका दशवटा टोलमा टोल स्तरिय पुस्तकालय स्थापना गरिएको छ । हालै एक कार्यक्रमकाे आयोजना गरि टोल विकास संस्थाका अध्यक्ष र सचिबहरुलाई पुस्तकालयका सामग्रीहरु हस्तानतरण गरिएकाे हाे ।

तुम्लिङटारका दशवटा टोलमा ८० देखि ९० वटासम्म पुस्तकहरू र र्याक सहितका पुस्तकालय सामग्री हस्तान्तरण गरिएकाे मनकामना रत्न अम्बिका माविका प्रधानाध्यापक कुबेर भेटुवालले जानकारी दिनुभयाे । पुस्तकालयबाट टोल तथा गाउँ समाजमा पढ्ने संस्कृतिको विकास हुने र सभ्य र सुसंस्कृत समाज स्थापना हुने बिश्वासका साथ पुस्तकालयकाे गरिएकाे प्रअ भेटुवालले बताउनुभयाे । यसबाट बालबालिका तथा युवायुवतीहरूकाे सिकाइ विस्तार भई उज्वल भविष्यको सुनिश्चित हुने समेत विश्वास गरिएको भेटुवालकाे भनाई छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री देवेन्द्र घिमिरेकाे अध्यक्षतामा सन्चालन भएको थियो भने मनराम पुस्तकालयका महासचिव रामप्रसाद घिमिरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्नुहुँदै संस्थाले राखेका उद्देश्यहरु र प्रस्तावमा उल्लेखित क्रियाकलापहरू पूरा हुने आशा रहेको महासचिव घिमिरेले बताउनु भयाे ।

टोलटाेलमा पुस्तकालय पाएपछि टाेलवासीहरु खुसी भएको प्रतिकृया दिएका छन् ।

सम्बन्धित समाचार