सङ्खुवासभाका सञ्चारकर्मीहरुलाई फाेटाेग्राफी तथा भिडियाेग्राफी तालिम



खाँदबारी । सङ्खुवासभाका सञ्चार्कर्मीहरुलाई फाेटाे तथा भिडियाेग्राफी सम्बन्धि तालिम सुरु भएकाे छ । घरेलु तथा साना उद्याेग कार्यालयकाे आयाेजना तथा नेपाल प्रेस युनियन सङ्खुवासभाकाे समन्वयमा खाँदबारीमा तालिम सुरु भएकाे हाे ।

तालिममा जिल्लाका ३० भन्दा बढी सञ्चारकर्मीहरुकाे सहभागिता रहेकाे छ । सहभागिहरुलाई प्रशिक्षकद्वय सुशिल श्रेष्ठ र द्वारिका काफ्लेले प्रशिक्षण गरिरहेका छन् । तालिममा फाेटाे तथा भिडियाे खिच्ने तथा सम्पादन गर्ने तरिका सिकाईनेछ ।

मंगलबारबाट सुरु भएकाे तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार