मनकामना रत्नअम्बिका मावि तुम्लिङटारका विद्यार्थीले बनाए सचेतना मुलक लघु चलचित्र



खाँदबारी । सङ्खुवासभाकाे तुम्लिङटार स्थित मनकामना रत्नअम्बिका माविका विद्यार्थीहरुले जनचेतनामुलक लघु चलचित्र निर्माण गरेका छन् । नेपाली समाजमा ब्यप्त रहेकाे बालबिवाह राेकथाम गर्न सहयाेग पुर्याउने उद्देश्यका साथ बालबिवाह न्यूनिकरण शिर्षकमा चलचित्र निर्माण गरेका हुन् ।

उक्त लघु चलचित्र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले एक कार्यक्रमका विच सार्वजनिक गर्नुभएकाे छ । मनकामना रत्न अम्बिका माविकाे सभाहलमा आयाेजित एक कार्यक्रमका विच चलचित्र सार्वजनिक गर्नुभएकाे हाे । अबिभावकहरुकाे समेत उपस्थितिमा उक्त लघु चलचित्र हेरिसकेपछि मेयर थपलियाले कलाकारहरुकाे प्रशंसा गर्नुभएकाे थियाे ।

पढ्ने उमेरका बालबालिकाहरुले बिवाह गरेपछि वर्तमानदेखि भविश्यसम्मकाे त्यसकाे असर लघु चलचित्रमा देखाईएकाे छ । विद्यालयका शिक्षिका यशाेदा न्याैपानेले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा विद्यालयका विद्यार्थीहरुकाे मात्र अभिनय रहेकाे छ ।

गाउँ समाजमा भईरहेकाे बालबिवाहकाे घटनालाई लिएर मनकामना रत्न अम्बिका मावि र आसपासमा चलचित्र छायाँङ्कन गरिएकाे हाे । चलिचत्र निर्माणकाे लागि मकालु अनलाईनले प्राविधिक सहयाेग गरेकाे थियाे । उक्त चलचित्र मनकामना रत्नअम्बिका माविकाे युटुबमा राखिएकाे छ ।

सम्बन्धित समाचार