भोजपुरमा बाढीले बगाएर हाइड्रोमा कार्यरत २ जना मजदुर बेपत्ता



भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । बाढीले इर्खुवा हाइड्रोमा कार्यरत २ जना कामदारलाई बगाएको भोजपुर जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

राती १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको इन्स्पेक्टर दीपक श्रेष्ठले बताए । बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का २६ वर्षीय श्याम कुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू रहेका छन् ।

यस्तै २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । उनको शरीरमा चोटपटक लागेको प्रहरीले जनाएको छ । अहिले स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

सम्बन्धित समाचार