गाँजा लिएर धरान जादै गरेको मिनी ट्रक भेंडेटारमा पक्राउ



धरान । इलाका प्रहरी कार्यालय भेंडेटारको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ गाँजा लिएर आउँदै गरेको मिनी ट्रक सहित चालक शहिदभुमी गाउँपालिका-५ का २८ वर्षीय भूमिराज राईलाई बुधवार पक्राउ गरेको छ ।

गाँजा लिएर धनकुटाबाट धरान आउँदै गरेको उक्त को १ ख ३८०८ नम्बरको मिनी ट्रकबाट १३५ केजी लागुऔषध गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

धनकुटाको साँगुरीगढी-६ भेंडेटारमा पक्राउ परेको मिनी ट्रक सहित चालकलाई अनुसन्धानका लागि धनकुटा जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ ।

यसैगरी विराटनगर-१५ बाट भारत जोगबनीबाट नेपाल आउँदै गरेका इटहरीका ३१ वर्षीय नवीन श्रेष्ठ र चितवन नारायणघाट भरतपुरका २९ वर्षीय सुरज कुमाललाई ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको उनीहरूबाट लागुऔषध ब्राउनसुग ३ ग्राम ४ मिलिग्राम बरामद गरिएको छ ।

सम्बन्धित समाचार