कुलुङ भाषाकाे गीत लेखन प्रतियाेगिताकाे अन्तिम नतिजा प्रकाशित



खाँदबारी । किराँत कुलुङ समाज दक्षिण काेरियाले आयाेजना गरेकाे कुलुङ भाषाकाे गीत लेखन प्रतियाेगिताकाे अन्तिम नतिजा प्रकाशित गरिएकाे छ । समाजले आईतबार एक सुचना जारी गर्दै उत्कृष्ठ ४ प्रतिष्पर्धिकाे नतिजा प्रकाशन गरेकाे हाे ।

प्रतियाेगितामा महाकुलुङ साेलुखुम्बुका आनन्द कुलुङ पहिलाे भएका छन् । त्यस्तै सङ्खुवासभा सिलिचाेङका भुपेन्द्र थिम्रा तथा पवित्रा हाेनित्ति दाेश्राे, साेलुखुम्बु महाकुलुङका समिप कुलुङ तेश्राे र सङ्खुवासभा खाँदबारीका संकर कुलुङ चाैँथाे भएका छन् ।

प्रतियाेगिहरु मध्ये उत्कृष्ठ १५ लाई सामाजिक सञ्जाल मार्फत समेत मुल्याङ्कन (फेसबुकमा भ्युज) गराईएकाे थियाे । ३० प्रतिशत सामाजिक सञ्जाल र ७० प्रतिशत मुल्याङ्कन कर्ताहरुबाट मुल्याङ्कन गराईएकाे थियाे ।

मुल्याङ्कनकर्ताहरुमा सिबि कुलुङ, दिपेन्द्र थाेरेप्पा, अजय अलङ्कार, छितिज कुलुङ र छविसित कुलुङ रहेका थिए ।

प्रतियाेगितामा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दाेश्राे, तेश्राे र चाैँथाे हुनेले क्रमस नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विजेताहरुलाई आगामी चाक्चाकुरमा काठ्माण्डाैमा एक कार्यक्रमकाे आयाेजना गरि पुरस्कार वितरण गरिने किराँत कुलुङ समाज दक्षिण काेरियाका सचिव कृष्ण कुलुङले जानकारी दिए । पहिलाे हुने गीत रेकर्ड समेत गरिनेछ । उक्त गीत समेत चाक्चाकुरकै अवसरमा सार्वजनिक गरिने सचिव कुलुङले जानकारी दिए ।

सम्बन्धित समाचार