पोर्चुगलमा हुने ‘नमस्ते भविष्य Olá Futuro’ कार्यक्रममा जनजाति महासंघले सहभागिता जनाउदै



लिस्वन । कला र सँस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेको तोदोसले आयोजना गर्न लागेको ‘नमस्ते भविष्य Olá Futuro’ कार्यक्रममा नेपाली समूदायको तर्फबाट नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलले सहभागिता जनाउने भएको छ ।

पोर्चुगलको लिस्बनमा आगामी सेप्टेम्बर १५ मा हुने उक्त कार्यक्रममा फ्रान्स, ग्रीस, ब्राजिल, भारत, बङ्गलादेश, नेपाल लगायत १५ देशका डेढ दर्जनबढी संघसंस्थाहरुको सहभागिता रहने छ । कार्यक्रमको र्याल्ली रुवा मार्कस द सिल्भा ६७ बाट शुरु भएर अलमेदा पार्कमा आएर साँस्कृतिक कार्यक्रममा परिणत हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाली समूदायहरुको आफ्नो भेषभूषा, झाकीँ तथा सँस्कृति प्रदर्शन गरिने नेपाल आदिवासी जनजाति महासंघ, पोर्चुगलको अध्यक्ष चोपकुमार मगरले जानकारी दिनुभयो ।

अध्यक्ष मगरले सँस्कृतिको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन यो एउटा महत्वपूर्ण प्लेटफर्म भएकोले पोर्चुगलमा रहनुभएका सम्पूर्ण नेपाली समूदायहरुलाई सहभागी हुन समेत आव्हान गर्नु भएको छ ।

सम्बन्धित समाचार