एड्भान्स क्लवः असोज २० बाट यू १६ र कार्तिक ७ बाट अरुण भ्यालीको ९ औँ संस्करण हुदै



खाँदबारी । एड्भान्स क्लव मानेभञ्ज्याङले असोज २० बाट अण्डर १६ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवले स्वर्गीय मानबहादुर गुरुङ तथा प्रदिप गुरुङ स्मृति कप अण्डर १६ फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगिता मानेभञ्ज्याङ स्थीत महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा २४ टिमको सहभागीता रहने आयोजक एड्भान्स क्लवका अध्यक्ष जिल्लामान राईले जानकारी दिनुभयो । खेलको टाईसेट पनि तयार भईसको उहाँले जानकारी दिनुभयो । प्रतियोगिता २३ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ र सान्त्वना हुने दुई टिमलाई प्रति टिम १०,१० हजार रुपैयाँ प्रदान गरिने आयोजले जनाएको छ ।

त्यस्तै क्लवले कार्ति ७ बाट अरुण भ्याली फुटबल प्रतियोगिताको नवौँ संस्करणको प्रतियोगिता सञ्चालन गर्न लागेको छ । उक्त प्रतियोगिता पनि सोहि खेल मैदानमा हुनेछ । उक्त प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सेमि फाईनलमा पराजित हुने दुई टिमलाई सान्त्वना पुरस्कार स्वरुप प्रति टिम २५, २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार