पोर्चुगलमा तामाङ घेदुङ गठन, अध्यक्षमा इमानसिंह लामा चयन



लिस्वन । नेपाल राष्ट्रिय तामाङ घेदुङ, पोर्चुगलको अध्यक्षमा इमानसिंह लामा चयन भएका छन् ।

घेदुङको केन्द्रीय सदस्य श्री सुजन लामाज्यूको प्रमुख आतिथ्यता तथा सागर योञ्जनको संयोजकत्वमा शनिबार लिस्बनमा भएको भेलाबाट लामा अध्यक्षमा सर्वसम्मत चयन भएको हो ।

भेलाले महासचिव राजु लामा मोक्तानसहित ४१ जनाको कार्यसमिति निर्माण गरेको छ भने यूवा संयोजक र सँस्कृतिक संयोजक पनि चयन गरेको छ ।

यूरोपमा रहेका तामाङहरुलाई संगठित गर्दै आफ्नो समूदायको भाषा, धर्म, कला र संस्कृतिलाई संरक्षण तथा सम्वर्ध्दन गर्ने उद्देश्यले निर्माण भएको घेदुङले विदेशमा रहेका नेपालीहरुको समस्याहरुमा सहयोग गर्ने नवनिर्वाचित अध्यक्ष लामाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार