नवौं अरुण भ्याली फुटबलः आज दुई खेल हुदै



खाँदबारी । संखुवासभाको मानेभञ्ज्याङमा जारी नवौँ अरुण भ्याली फुटबल प्रतियोगिताको आज दोश्रो दिन दुई खेल सञ्चालन हुँदैछ ।

पहिलो खेल लोहोरुङ क्लव पाङ्मा र मकालु फ्रेण्डस क्लव विच हुनेछ । यो खेल दिउँसो १२ बजे सुरु हुनेछ । त्यस्तै दोश्रो खेल पञ्चकन्य फुटबल क्लव धर्मदेवी र गाउँले फुटबल क्लव संखुवासभा विच दिउँसो २ बजे सञ्चालन हुनेछ ।

प्रतियोगिताको पहिलो दिन हिजो पनि दुई खेल खेलाईएको थियो । पहिलो खेलमा सेकाहा सामुदायिक क्लव र खाँदबारी युथ क्लव विच प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा ३–२ गोल अन्तरले सेकाहा सामुदायिक क्लव विजेता बनेका छन् । पहिलो हाफमा सेकाहाले २ गोल गरेको थियो भने दोश्रो हाफमा खाँदबारी युथ क्लवले २ र सेकाहाले १ गोल गरेको थियो ।

त्यस्तै दोश्रो खेल सभापोखरी फुटबल क्लव र तिनपोखरी क्लव विच भएको थियो । उक्त प्रतियोगितामा ६–० गोलको फराकिलो अन्तरले सभापोखरी विजेता भएका छन् । सभापोखरीले खेलको पहिलो हाफमा ३ र दोश्रो हाफमा ३ गोल गरेका छन् । त्यस मध्ये एक गोल तिनपोखरीले आत्मघाती गोल गरेको थियो ।

प्रतियोगितामा संखुवासभा बाहिरका ३ क्लव सहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता कार्तिक १२ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेताले शिल्ड, मेडल र ट्रफी सहित नगद २ लाख रुपैयाँ प्राप्त गनेछ । उपविजेताले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ प्राप्त गनेछन् । सेमिफाईनल खेल्ने दुवै टिमले २५,२५ हजार रुपैया प्राप्त गर्नेछन् । सर्बोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ५,५ हजार रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाईनल खेलको दिन विबिध साँगितिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार