लिस्बन । तमू समाज, पोर्चुगलले गुरुङहरुको महान् चाड तमू ल्होछारको अवसरमा ल्होछार कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विशेष सांस्कृतिक कार्यक्रम तथा खानपीनका साथ आयोजना हुने ल्होछार कार्यक्रम आगामी जनवरी ५, आइतबारका दिन लिस्बनको अलमेदा महात्मा गान्धीको हलमा हुनेछ । कार्यक्रममा स्थानीय कलाकारहरुको साथमा कौडा गीतका चर्चित कलाकार दुर्गा गुरुङ र लोक दोहोरी गायिका अनु गुरुङको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । कलाकारहरु प्रस्तुतिका लागि पोर्चुगल आइसकेका छन् ।
गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार ल्होछारलाई नयाँ वर्षको रुपमा लिने गरेको छ । वर्ग चक्र अनुसार मुप्री ल्होलाई विदाइ गर्दै सप्री ल्होलाई स्वागत गर्ने यस वर्षको ल्होछार कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गरिने तमू समाज,पोर्चुगलका महासचिव गनी गुरुङले जानकारी दिनु भयो ।
प्रतिक्रिया