खाँदबारी । कुलुङ कर्मचारी संघले आयाेजना गरेकाे चाक्चाकुर कप अन्तर कर्मचारी तथा शिक्षक डबल ब्याटमिन्टन प्रतियाेगिताकाे उपाधि विकाश राई र साेम्बर चाैधरीकाे जाेडीले जितेकाे छ । कुलुङ जातिकाे प्रमुख पर्व चाक्चाकुरकाे अवसरमा गत साेमबार खाँदबारीमा सम्पन्न प्रतियाेगितामा राई र चाैधरीले उपाधि जितेकाे हाे ।
फाईनल खेलमा रुद्रमणी श्रेष्ठ र जानकी बल्लभ पाेखरेलकाे जाेडीलाई हराउँदै उपाधि जितेकाे हाे । फाईनल खेलमा पराजित बनेका श्रेष्ठ र पाेखरेलले उपविजेतामा चित्त बुझाउनु परेकाे थियाे । प्रतियाेगितामा दिनेश खालिङ र राजविक्रम लिम्बुकाे जाेडी तेश्राे र केशव घिमिरे र आशिष चाैहानकाे जाेडी सान्त्वना भएका भएका छन् ।
प्रतियाेगिताकाे विजेताले नगद १५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेताले नगद १० हजार रुपैयाँ, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने तस्राे हुने जाेडीले कप, मेडल र प्रमाणपत्र सहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । सान्त्वना स्थान प्राप्त गर्ने टाेलीले प्रमाणपत्र र नगद २५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
नेपाल किराँत कुलुङ कर्मचारी संघले कुलुङ जातिकाे प्रमुख पर्व चाक्चाकुरकाे अवसरमा प्रतियाेगिताकाे आयाेजना गरेकाे हाे । संघका अध्यक्ष चन्द्रलाल कुलुङकाे अध्यक्षतामा आयाेजित समापन कार्यक्रममा काेशी प्रदेश सरकारका पुर्व मन्त्री एवम् सांसद राजेन्द्र कार्की, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य लगायतका राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिक्रिया