चिचिलाका घले समुदायले भब्यताका साथ मनाए घले ल्होसार



खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका ५ बाक्सिदाका घले जातिले घले ल्होसार धुमधामका साथ मनाएका छन् । घले समुदायले माघ १ गते विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाएका छन् ।

यस बर्षको घले ल्होसारको अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । लिःल फङ् घले समाज चिचिला गाउँ कार्य समितिको आयोजनामा उक्त कार्यक्रमहरु आयोजना गरिएको हो ।

पौष २७ बाट भलिबल प्रतियोगिता सुरु गरिएको थियो भने घले ल्होसारको दिन (माघ १ गते) साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । घले ल्होसारको दिन भलिबल प्रतियोगिताको समापन तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

ल्होसार कार्यक्रमक चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाको प्रमुख आतिथ्यता तथा लिःल फङ् घले समाज चिचिला गाउँपालिका अध्यक्ष तारामान घलेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा लिःल फङ् घले समाजका केन्द्रीय सदस्य एवम् चिचिला गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र घले, नेपाली कांग्रेस सङ्खुवासभाका सचिव टकमान घले, चिचिला गाउँ कार्यपालिका सदस्य जुल्मि राई, लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

खुल्ला भलिबल प्रतियोगितामा सभापोखरी गाउँपालिका ३ पिखुवा विजेता बनेका छन् । फाईनल खेलमा आयोजक चिचिला ५ ईभादेवीटारलाई पराजित गर्दै पिखुवा विजेता बनेको हो । पिखुवासँग पराजित बनेका आयोजक उपविजेतामा सिमिति बनेका छन् । प्रतियोगितामा सभापोखरी ३ कै ईथुम्बु टिम तृतिय बनेका छन् ।

साँस्कृतिक नृत्य प्रतियोगिता तर्फ बहुप्रतिभा विकास समुह पाखागाउँ प्रथम बनेका छन् । त्यस्तै सङ्खुवासभा रोधि समाज दोश्रो र जालपादेवी आमा समुह मत्स्येपोखरी तेश्रो भएका छन् । सान्त्वना स्थान भने कालिकादेवी आमा समुह बाक्सिदाले प्राप्त गरेका छन् ।

उक्त कार्यक्रमका केहि तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस ।

सम्बन्धित समाचार