प्रथम भुवनसिंह स्मृति कपको उपाधि देवीटारलाई



खाँदबारी । प्रथम स्व. भुवनसिंह राई स्मृति कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि देवीटार फुटबल क्लवले जितेको छ । मंगलबार चिचिला १ सोभाङ्मामा सम्पन्न फाईनल खेलमा सिंहदेवी युथ क्लव लप्सेलाई पराजित गर्दै उपाधि जितेको हो ।

सङ्खुवासभाको चिचिला गाउँपालिका १ स्थित सोभाङ्मा फुटबल क्लवले आयोजना गरेको उक्त प्रतियोगिताको उपाधि देवीटार फुटबल क्लवले जितेको हो । प्रतियोगितामा रोयल चिचिला र तल्लो आहाले फुटबल क्लव तेश्रो भएका छन् । प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका दुवै टिमलाई तेश्रो घोषणा गरिएको हो ।

उपाधि विजेता देवीटारले रनिङ शिल्ड, प्रथम स्थानको शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । उपविजेता सिंहदेवीले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । तृतिय स्थान प्राप्त गर्ने रोयल चिचिला र आहाले फुटबल क्लवले पनि प्रति टिम नगद १० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी देवीटार फुटबल क्लवका दिपाल राई घोषित भएका छन् । त्यस्तै बेष्ट गोल किपर देवीटार फुटबल क्लवका सविन गुरुङ र सर्वाधिक गोलकर्ता सोभाङ्मा फुटबल क्लवका सुवास राई घोषित भएका छन् । सर्वोत्कृष्ठ खेलाडी दिपाल राईले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ३ हजार प्राप्त गरेका छन् । बेष्ट गोल किपर सविन गुरुङ र सर्वाधिक गोलकर्ता सुवास राईले पनि शिल्ड, मेडल र प्रमाणपत्र सहित जनहि नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन् ।

भूतपुर्व गोर्खा सेना स्व. भुवनसिंह राईको स्मृतिमा उनका परिवारहरुले आर्थिक प्रायोजन गरि प्रतियोगिता सुरु गरिएको हो । स्व. राई पनि विगतमा फुटबल खेलाडी रहेको आयोजले जनाएको छ । रनिङ शिल्ड प्रतियोगिता ३ बर्षको हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको अन्तिम दिनका केहि तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस ।

सम्बन्धित समाचार