पोखरा एफसी, पोर्चुगलद्वारा वृध्दाश्रमलाई सहयोग



पोखरा । पोखरा फुटबल क्लब, पोर्चुगलले नेपालको पोखरा वृध्दाश्रमलाई विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । क्लबका प्रतिनिधिहरु प्रजेश गुरुङ, प्रदीप मल्लसहितको टोलीले गत सोमबार खाना पकाउने भाँडा तथा खाध्यान्न सामाग्री वितरण गरेको हो ।

यस अवसरमा वृध्दाश्रमले परदेशमा व्यस्तताको बाबजुद पनि समय बचत गरेर नेपाली समूदायको विकासमा सकृय रहेको पाउँदा खुसी लागेको बताउँदै क्लबलाई धन्यवाद व्यक्त गरेको छ ।

गत सेप्टेम्बर ८ लिस्बनमा पोखरा गोल्ड कप २०८१ फुटबल प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको पोखरा क्लबले खेलकुदका साथै विभिन्न सामाजिक कामहरु पनि गर्दै आएको छ ।

सम्बन्धित समाचार