चिचिला । चिचिला गाउँपलिकाले ११५ औँ अन्तराष्टिय नारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । गाउँपालिकाले खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरि शुक्रबार र सनिबार २ दिन दिवस मनाएको हो ।
दिवसको अवसरमा भलिबल प्रतियोगिता, डोरी तान्ने खेल, म्युजिकल चेयर, लोक गित गायन प्रतियोगिता, साँस्कृतिक नृत्य प्रतियोगिता र बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।
भलिबल तर्फ चिचिला गाउँपालिका ३ खर्सु विजेता बनेका छन् । त्यस्तै वडा नम्बर २ को गैरी आङ्ला दोश्रो र चिचिला ५ देवीटार तेश्रो बनेका छन् । चिचिला ३ कै सातघरे टोल सान्त्वना भएका छन् । डोरि तान्ने खेल तर्फ सिर्जनशिल समुह विजेता बनेका छन् ।
म्युजिकल चेयर तर्फ लाक्पाछेकी शेर्पा पहिलो, विजना राई दोश्रो र अमृता राई तेश्रो भएका छन् । लोक गित प्रतियोगिता तर्फ डाँडागाउँ आमा समुह प्रथम, डाँडागाउँ टोल विकास संस्था द्वितीय र धजे आमा समुह तृतीय भएका छन् । बक्तृत्वकला तर्फ चिचिला २ का डोमा शेर्पा प्रथम, चिचिला १ का शोभा राई द्वितीय, चिचिला ४ का सन्तुमाया गुरुङ तृतीय र चिचिला ४ का विनिता तामाङ सान्त्वना भएका छन् । साँस्कृतिक नृत्य तर्फ अनिता राईको समुह प्रथम, मनसुन राईको समुह द्वितीय र मनिशा राईको समुह तृतीय भएका छन् । सबै प्रतियोगिताका प्रथम द्वितीय र तृतीयलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ । भलिबलका खेलाडीलाई भने मेडल समेत प्रदान गरिएको छ ।
नारी दिवसको समापन कार्यक्रम चिचिला गाउँपालिकाका कार्यपालिका सदस्य जुल्मी राईको अध्यक्षता तथा निवर्तमान गाउँपालिका उपाध्यक्ष यदुकुमारी राईको प्रमुख आतिथ्तामा आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष सहितका जनप्रतिनिधिहरु, कर्मचारीहरु, पालिकाका टोल विकास संस्था, आमा समुह लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया