नेकपा (एस)संखुवासभाको अधिवेसन सम्पन्न, नेतृत्वमा सुमन शाक्य



खाँदबारी । नेकपा एकिकृत समाजवादी पार्टी संखुवासभाको अध्यक्षमा सुमन शाक्य निर्वाचित भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवेसनबाट शाक्यको नेतृत्वमा ४७ सदसीय जिल्ला कार्य समिति गठन गरिएको हो । शाक्य जिल्ला समन्वय समिति संखुवासभा प्रमुख समेत हुन् ।

समितिको उपाध्यक्षमा उपेन्द्र राई र लक्ष्मी चापागाई निर्वाचित भएका छन् । सचिव पदमा राजेश खड्का उपसचिवमा ईन्द्र कार्की, सुलोचना शाक्य र झलक गुरुङ निर्वाचित भएका छन् ।

पार्टीका केन्द्रीय उपमहासविच तथा कोशी प्रदेश ईञ्चार्ज राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा अधिवसेन सम्पन्न भएको हो । अधिवेसनमा पोलिटब्यूरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य तथा संखुवासभा ईञ्चार्ज उमेश डाँगी, सहईञ्चार्ज तथा केन्द्रीय सदस्य हेमराज घिमिरे, केन्द्रीय सदस्यहरु पदम कुमारी गुरुङ र सरिता खड्का लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार