करदाता सेवा कार्यालय खाँदबारीलाई तुम्लिङटारमा निःशुल्क जग्गा



खाँदबारी । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा रहेको करदाता सेवा कार्यालयलाई स्थानीयले निशुल्क जग्गा प्रदान गरेका छन् । खाँदबारी ९ तुम्लिङटारका स्थानीयले करिव १ करोड रुपैयाँ मूल्य बराबरको जग्गा प्रदान गरेको हो ।

खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारमा ५ दलमलव १० रोपनी जग्गा निशुल्क प्राप्त भएको करदाता सेवा कार्यालयका प्रमुख योगेस भट्टराईले जानकारी दिनुभयो । दाताबाट प्राप्त जग्गा करदाता सेवा कार्यालयको नाममा रजिष्ट्रेशन पास गरिएको छ।

खाँदबारी–९ तुम्लिङटारका स्थानीय देवेन्द्र घिमिरेले बाटो सहित २ हजार १ सय ६६ बर्गमिटर, अनिता अधिकारीले ६३० बर्गमिटर र कालीप्रसाद राईले १५० बर्गमिटर जग्गा उपलब्ध गराएको हो ।

करदाता कार्यालयले केही वर्ष अघिबाट जग्गा खोजी गरिरहेको थियो । कार्यालयका लागि निशुल्क जग्गा पाउन ठूलो उपलब्धि भएको कर कार्यालयका प्रमुख भट्टराईले बताउनुभयो ।

करदता सेवा कार्यालय हाल सदरमुकाम खाँदबारीमा भाडामा बस्दै आएको छ।

सम्बन्धित समाचार