खाँदबारी । संखुुवासभाको भोटखोला गाउँपालिका–४ स्थित जिजिङ्गखा टोलमा पहिरोले एक घरमा पूर्णरुपमा क्षति पुगेको छ । मङ्गलबार राति आएको पहिरोले पाँच घर प्रभावित भएका छन् ।
ढुङ्गा माटोसहितको पहिरो खस्दा रञ्जन श्रेष्ठको घरमा क्षति पुगेको भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिनुभयो । त्यस्तै लिला बहादुर श्रेष्ठ, लाप्साङ शेर्पा, मुस्कान शेर्पा र सुब्बा श्रेष्ठको परिवार पनि उक्त पहिरोबाट विस्थापित भएका छन् ।
विस्थापित परिवारलाई सिप्रुङ गाउका युवाहरुको सहयोगमा भोली (विहिबार) सम्ममा अस्थाई पुनर्थापना केन्द्र निर्माण गरि स्थानान्तरण गरिसक्ने अध्यक्ष भोटेले जानकारी दिनुभयो । गाउपालिकाले आज बेलुका (बुधबार) सम्ममा पुर्नस्थापनका लागि आवस्यक सामग्रीहरु उपलब्ध गराउनेछ ।


प्रतिक्रिया