कुलुङ विद्यार्थी संघको महाधिवेशन सम्पन्न, अध्यक्षमा दिवस होदिबु सर्वसम्मत



काठ्माण्डौ । नेपाल किराँत कुलुङ विद्यार्थी संघको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । काठमाडौमा सम्पन्न भएको महाधिवेशनले अध्यक्ष पदमा दिवश होदीबू कुलुङलाई निर्विरोध चयन गरेको छ ।

होदिबु निवर्तमान महासचिव हुनुहुन्थ्यो । समितिको उपाध्यक्षमा उदय कुलुङ, दर्शन कुलुङ, मणि धन कुलुङ र सबिता कुलुङ चयन भएका छन् ।

त्यस्तै, महासचिवमा केशव रोतेम्बू कुलुङ र सचिवमा अर्जुन कुलुङ, बल बहादुर कुलुङ र सुमित्रा कुलुङ चयन भएका छन् । कोषाध्यक्षमा सुजन कुलुङ र सहकोषाध्यक्षमा अनिता कुलुङ चयन हुनुभएको छ । समितिको सदस्यहरुमा अमिन कुलुङ, ऐश्वर्य कुलुङ, हिम्मत कुलुङ, निशा कुलुङ, यममाया कुलुङ, मनिला कुलुङ, राधा कुलुङ र सुस्मिता कुलुङ चयन भएका छन् ।

नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघका केन्द्रीय अध्यक्ष चन्द्रसिहं कुलुङ, महाकुलुङ गाउपालिका अध्यक्ष सुर्य कुलुङ, उपाध्यक्ष बिपना कुलुङ, लगायतका ब्यक्तित्वहरुको उपस्थितिमा महाधिवेसन सम्पन्न भएको हो । नव निर्वाचित पदाधिकारीहरुको पधावधि ३ बर्षको रहनेछ ।

सम्बन्धित समाचार