विराटनगर । कोशी प्रदेश सरकारले तयार गरेको सञ्चार विधेयकविरुद्ध पत्रकारहरुले शुक्रबार प्रदर्शन गरेका छन् । पत्रकार र सञ्चार संस्थालाई समाचार लेखेका आधारमा जरिवाना गर्न सकिने विधेयक तयार गरेको विरोधमा प्रदेशभसभा अगाडि प्रदर्शन गरेका हुन् ।
पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले प्रेस विरोधी विधेयक सच्याउन माग गरे । विधेयकप्रति आफूहरुको असहमति रहेको उहाँकाे भनाइ छ ।
प्रदेश सरकारले सदनमा पेस गरेको सञ्चार विधेयकविरुद्ध पत्रकारले निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरीसँग बिवाद भएको थियो । पत्रकारहरुको शान्तिपूर्ण धर्नामा हस्तक्षेप गर्न खोजेपछि प्रहरीसँग बिवाद भएको हो । विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ ।
पत्रकारलाई १ लाख रूपैयाँसम्म जरिबाना गर्ने प्रावधानको पत्रकारले विरोध गरिरहेका छन् । सरकारले भने प्रेसलाई नै अंकुश लगाउने गरी कानुन बनाउन खोजिरहेको छ ।


प्रतिक्रिया