झापामा मृत भेटियो जंगली हात्ती



 

विराटनगर । झापामा जंगली हात्ती मृत भेटिएको छ । मेचीनगर नगरपालिका(१ देवीगञ्जमा आज बिहान एउटा वयस्क जंगली हात्ती मृत फेला परेको हो । स्थानीयले धान खेतमा मृतावस्थामा हात्ती देखेपछि वन कार्यालयलाई खबर गरेको थिए । डिभिजन वन कार्यालय झापाका अनुसार पोथी हात्ती मृत फेला परेको हो ।

पोष्टमार्टमपछि हात्तीको मृत्युको कारण खुल्ने कार्यालयले जनाएको छ । शुक्रबार बेलुका सो क्षेत्रमा भारततर्फबाट करिब १२ वटा जंगली हात्तीको बथान प्रवेश गरेको खुलेको कार्यालयले जनाएको छ ।

रासस

सम्बन्धित समाचार