इनरुवा । गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई रेखा यादव स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको छ । यादवलाई पत्रकारिताको माध्यमद्वारा योगदान गरेको कदर गर्दै पुरस्कृत गरिएको पुरस्कार छनोट समिति संयोजक एवम् नेपाल यादव सेवा समिति केन्द्रीय सदस्य विशेश्वर यादवले जानकारी दिनुभयो ।
नेपाल यादव सेवा समिति काठमाडौँले सुनसरीको इनरुवा नगरपालिका ९ बबिया निवासी पत्रकारितामा दुई दशकदेखि क्रियाशील पत्रकार यादवलाई नेपाल यादव सेवा समितिको २८ औँ सधारणसभा तथा महाअधिवेशनको अवसरमा सम्मान तथा पुरस्कृत प्रदान गरिएको हो ।
यादवलाई प्रमुख अथिति पूर्व मन्त्री तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव र केन्द्रीय अध्यक्ष भुवनेश्वर यादवले नगद पाँच हजार रुपियाँसहित प्रशंसापत्रले सम्मान गर्नुभयो ।
यसैगरी, खेलकुद पुरस्कारबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सिराहा निवासी नन्दन यादव, कानुन पुरस्कारबाट अधिवक्ता विनोद यादव, निजामती तर्फ नेपाल सरकार सचिव विरेन्द्र प्रसाद यादव, कलाबाट गायक विशेश्वर यादव, गिता बाचनतर्फ महन्थ नवलकिशोर यादव, कृषि पुरस्कारबाट मोरगका जयनारायण यादवलाई पुरस्कृत हुनुभयो ।
कार्यक्रम कार्यक्रममा योगानन्द यादव, नेपाल यादव महिला संघका अध्यक्ष शोभा यादव, नेपाल यादव सेवा समिति काठमाडौँका उपाध्यक्ष तथा यादव महासंघका अध्यक्ष महेश्वर यादवसहितको उपस्थिति रहेको थियो ।
रासस


प्रतिक्रिया