ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । मैवाखोला गाउँपालिका वडा ५ र ६ फाकुम्बाका पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
करिब एक साताअघि वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएका परिवारलाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार मङ्गलबार वडा(५, फाकुम्बाका नौ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष वनेम स्वयंको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो ।
स्थानीय विपद् व्यवस्थापन समितिको तर्फबाट पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको अध्यक्ष वनेमले जानकारी जानकारी दिनुभयो । गाउँपालिकाका अनुसार प्रतिपरिवार ५० किलोग्राम चामल, तीन किलोग्राम दाल, दुई किलोग्राम नुन वितरण गरिएको छ । त्यस्तै एक लिटर खानेतेल, लुगा धुने साबुन पाँच वटा र नुहाउने साबुन डिटोल तीन वटाका दरले वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी सोमबार वडा(६, फाकुम्बा भित्तेटोलका पहिरो पीडितलाई राहत सामग्री वितरण गरिएको छ । वडा ६ का पहिरो पीडित परिवारलाई पनि वडा ५ का पीडित परिवारलाई उपलब्ध गराएजस्तै प्रकृति र परिमाणमा राहत रामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । दुई जनाको ज्यान जानेगरी गत साताको बुधबार फाकुम्बाको भित्तेमा पहिरो गएको थियो ।
गोरखापत्रबाट साभार


प्रतिक्रिया