खोलामा डुबेर महिलाको मृत्यु



इनरुवा । सुनसरीको हरिनगरमा सुनसरी खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाउँपालिका ६ घुस्की अर्नामाकी ४५ वर्षीया गुल्सन खातुनको घर नजिकैको सुनसरीखोलामा डुबेर मृत्यु भएको हो ।

खातुनको खोलापारी रहेको खेतमा काम गर्न जाने क्रममा खोला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिनगराले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षक दिनेश अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सम्पुर्ण कानुनी प्रकृया पुरा गरी जिल्ला अस्पताल सुनसरी ईनरुवा शव गोष्ट मार्टमका लागि ल्यार्ईएको थियो ।

बुधबार बिहान पोष्टमार्टम पश्चात मृतकको छोरा नसाद आलमले बुझी लगेको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो । गोरखापत्रबाट साभार

सम्बन्धित समाचार