पत्रकार महासंघ संखुवासभाले आयोजना गर्यो चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम



संखुवासभा । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले दशैं, तिहार, नेपाल संवत् र छठपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । महासंघका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

शुक्रबार सदरमुकाम खाँदबारीस्थित उद्योग वाणिज्य संघको हलमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुमन शाक्यले जेनजीको माग अनुसार सुशासन कायम गर्न र भष्टाचारको अन्त्य गर्न तर्फ लाग्नुपर्ने बताउनुभयो । मुलुकका राजनैतिक दलका नेता मात्रै होइन, कर्मचारीहरुका कारण पनि भष्टाचार बढेको उहाँले बताउनुभयो ।

त्यसैगरि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जेनजीले मुलुकको आवश्यकता अनुसारको माग उठाएको बताउनुभयो । उहाँले खाँदबारी नगरपालिकाका सम्पूर्ण गतिविधीहरु पारदर्शी ढंगले काम गर्न जेनजीको माग अनुसार प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेको बताउर्दै भष्टाचारको अन्त्य गरि सुशासन कायम गर्न आफू लागि परेको बताउनुभयो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले चाडवाडको समयमा कुनै पनि अप्रिय घटनाहरु नघटोस, बजारका कालोबजारी नहोस भनेर सुरक्षा संयन्त्रलाई परिचालन गरिएको बताउनुभयो। उहाँले आम नेपालीहरुले आफ्नो संस्कार संस्कृति र रहनसहन अनुसार धुमधामका साथ चाडवाड मनाउन समेत अनुरोध गनुभभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले मुलुकको परिवर्तनको अवस्थालाई आत्मसाथ गरि राजनैतिक दल, नागरिक समाज लगायत सबै एकजुट भएर जानुपर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । पछिल्लो समयको राजनीतिक शुन्यतालाई चलायमान बनाउनका लागि पनि यो कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय निकायका प्रमुख जनप्रतिनिधिहरू, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यापारी, सामाजिक संघसंस्था, नागरिक समाज र महासंघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार