संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा जारी अण्डर १६ पुरुष फुटबल प्रतियोगिताको उपाधी लोहोरुङ क्लव पाङ्माले जितेको छ । एडभान्स क्लव आयोजनामा खाँदबारी–३ स्थित महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङको खेल मैदानमा असोज ८ गते देखि सुरु भएको स्वर्गीय मान बहादुर र प्रदिप गुरुङ स्मृति कप अण्डर पुरुष फुटबल प्रतियोगितामा सुरु भएको हो । फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्य फुटबल प्रतियोगिता गर्ने लागिएको आयोजकले जनाएको छ ।
खाँदबारी–३ मानेभञ्याङ स्थित महेन्द्र माविको खेलमैदानमा आज भएको फुटबल प्रतियोगिताको फाइनल खेलमा लोहोरुङ क्लव पाङ्माले एडभान्स क्लव मानेभञ्याङलाई ० –१ गोल अन्तरमा पराजित गर्दै अण्डर १६ पुरुष फुटबल प्रतियोगिताको उपाधी जितेको हो । पहिलो हाफसम्म ० –० गोलमा खेलेको लोहोरुङ र एडभान्सले दोश्रो हाफ पछि एडभान्सलाई शुन्यका विरुद्ध १ गोल अन्तरलेप्रतियोगिताको उपाधी चुमेको हो ।
एडभान्स युवा क्लव मानेभञ्याङले शुन्य गोल सहित उपविजेतामा चित्त बुझाएको छ । फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्नु हुदैँ खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले यस्ता प्रतियोगिताले संखुवासभा जिल्लालाई मात्र नभइ सिंगो कोशीको खेल क्षेत्रमा सहयोग पुग्नु बताए । प्रतियोगितामा जिल्लाका विभिन्न टिम सहित २० टिमको क्लवको सहभागिता रहेको थियो । विजयी टिमले नगद रु ४० हजार कप मेडले सम्मान गरिएको एडभान्स क्लबका अध्यक्ष जिल्लामान राईले बताए । उपविजेतालाई उपविजेतालाई नगद २५ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाणले सम्मान गरिएको छ । त्यस्तैगरी सेमिफाइनालिष्ट दुई टिमलाई नगद रु ७ हजार ५ सय ÷ ७ हजार ५ सय रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरिएको छ । उत्कृष्ट खेलाडीलाई एडभान्स क्लवका रोजित लिम्बुलाई नगद ३ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक यमन राईलाई नगद २ हजार रुपैयाँ र सर्वाधिक गोलकर्ता उल्लास राईलाई नगद २ हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष राईले बताए ।


प्रतिक्रिया