मुक्तिनाथ । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थलको मुक्तिनाथ मन्दिरमा विहानैदेखि बाख्लो हिमपातले मन्दिरमा दर्शन गर्न किहानै पुगे लागि तीर्थयात्री तथा पर्यटकहरू समस्यामा परेका छन् ।
हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तिर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनलाई सुरक्षित हुन अनुरोध गरिएको छ । बिहानै कागबेनी–मुक्तिनाथ सडकखण्डमा रहेका सवारीसधान आवतजावतमा समस्या भएको हो ।
मोटरसाइकमा सवार यात्रुलाई खिङ्गा क्षेत्रमा रोकिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष एवम् मुक्तिनाथ मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो ।
वडा अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘अहिले तिर्थालु मन्दिरमा जान सक्ने अवस्था छैन, भारी हिमपात भइरहेको छ, हिउँमा सवारीसाधन दुर्घटना हुन सक्ने भएकाले सचेत बनाएका छौ ।’’
हिमपातले मुक्तिनाथ मन्दिरलाई छपकैं छोपेको छ भने आसपासको क्षेत्र सेताम्मे भएको मन्दिरका कर्मचारी रविन सुबेदीले जानकारी दिनुभयो । मन्दिरमा रहेको १०८ धारा, कुण्ड लगायतका क्षेत्र हिउँले छोपेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालयले हिमपातसँगै रोकिएका पर्यटकमा हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड सेन्टरलाई तयारी अवस्थामा राखेको छ भने उपल्लो मुस्ताङ क्षेत्रमा जाने सवारीसाधनलाई कागबेनी क्षेत्रमा सचेत बनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि उपल्लो मुस्ताङ र मुक्तिनाथ मन्दिरमा दर्शनका लागि तत्काल नजान अनुरोध सहित सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।
कागबेनीदेखि मुक्तिनाथ मन्दिर जाने सडकखण्डका बस्तीमा समेत हिमपात भएकाले सवारीसाधन दुर्घटनाको जोखिम समेत हुने प्रजिअ भुषालको भनाई छ । मङ्गलबार विहानैदेखि उपल्लो मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको छ ।
गोरखापत्रबाट साभार


प्रतिक्रिया