मनकामना मेलामा नेपाली सेनाद्वारा निशुल्क स्वास्थ्य शिविर



खाँदबारी । तुम्लिङटार स्थीत अरुण नदी किनारमा लागेको मनकामना मेलामा आएकाहरुका लागि नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । खाँदबारीमा रहेको इन्द्रदल गुल्मले शुक्रबार विहानदेखि सनिबारसम्म २ दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा चिकित्सक सहितको नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले सेवा दिएका छन् । शिविरबाट ६२ पुरुष र ५४ महिला गरि ११६ जनाले स्वास्थ्य सेवा लिएको गुल्मका मेजर नवराज बस्नेतले जानकारी दिनुभयो ।

मेलामा भक्तजन तथा आगन्तुकहरुको बाक्लो उपस्थिति हुने र विभिन्न स्वास्थ्य समस्याहरु समेत आउने सक्ने भएकोले शिविर राखिएको मेजर बस्नेतले जानकारी दिनुभयो । विविरमा स्वास्थ्य परिक्षणसँगै निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

सम्बन्धित समाचार