मोरङको जहदा गाउँपालिकाले रद्द गर्यो करार तथा ज्यालादारी कर्मचारीको सम्झौता



विराटनगर । मोरङको जहदा गाउँपालिकाले करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको छ । गाउँपालिकाले दरबन्दी बाहेकका २० जना करार तथा ज्यालादारी कर्मचारीको सम्झौता रद्द गरेको हो ।

गाउँपालिकाका अनुसार करार दरबन्दी र करार तथा ज्यालादारीसहित ६६ कर्मचारी कार्यरत रहेकामा २० जानको सम्झौता कात्तिक १६ गतेदेखि रद्द गरिएको गाउँपालिकाले जनाएको छ ।

जेनजी आन्दोलनपछि नेपाल सरकारले गरेको निर्णय अनुसार गाउँ कार्यपालिकाको कात्तिक २ गतेको निर्णयबाट उनीहरूको सम्झौता रद्द गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ तथा स्थानीय सरकारी सेवा ९गठन तथा सञ्चालन० ऐन, २०८० को दफा ६ बमोजिम स्थानीय तहले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओ एन्ड मी स्वीकृत गरी कार्यान्वयनमा रहेको थियो ।

नेपाल सरकारको स्वीकृत कार्यक्रम अनुसार नेपाल सरकारबाटै सर्त अनुदानमा बजेट प्राप्त भई कार्यक्रम निरन्तर रहेको कार्यक्रमअन्तर्गत नियुक्ति भएका ४६ जना करार दरबन्दीका कर्मचारीहरू भने यथावत छन् ।

संगालोखबरबाट साभार

सम्बन्धित समाचार