खाँदबारी । संखुवासभाकाे चिचिला गाउँपालिकाले प्रत्येक बर्ष १० जना अति बिपन्न विद्यार्थीहरुलाई विद्यालय पाेशाक सहित शैक्षिक सामग्री प्रदान गर्दै आएकाे छ । यस बर्ष पनि प्रत्येक वडाबाट छनाैट गरि १० जना विद्यार्थीहरुलाई पाेशाक सहित शैक्षिक सामग्री प्रदान गरिएकाे छ ।
गत बर्ष जस्तै यस बर्ष पनि २,२ जाेड पाेशाक, झाेला, कापी र कलम प्रदान गरिएकाे छ । प्रत्येक वडाबाट २ जनाकाे दरले अति विपन्न विद्यार्थी छनाैट गरि सामग्री प्रदान गरिएकाे विद्यालय सुपरिवेक्षक महेन्द्र राईले जानकारी दिनुभयाे । सम्बन्धित वडाले विद्यालयहरुसँग समन्वय गरि सबैभन्दा विपन्न परिवारकाे विद्यार्थी सिफारिस गरि पठाएपछि उनीहरुलाई पाेशाक र शैक्षिक सामग्री प्रदान गरिएकाे उहाँले बताउनुभयाे ।
आफ्नाे विद्यालयकाे पाेशाक किन्न समेत नसकी पुरानाे थाेत्राे लुगा लगाएर पढ्न आएका बालबालिकाहरुमा हिनताबाेध नहाेस, प्राेत्साहन हाेस भनेर नीति तथा कार्यक्रमबाट नै सामान्य बजेट विनियाेजन गरि याे कार्यक्रम राखिएकाे सामाजिक विकास समित संयाेजक एवम् वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले बताउनुभयाे । यस कार्यक्रमबाट अत्यावश्यक झाेला, कापी र कलम प्रदान गरिदै आएकाे तामाङले जानकारी दिनुभयाे ।
विपन्न बालबालिकाहरुकाे लागि अन्य कार्यक्रमहरु समेत रहेकाे गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयाे । साहारा विहिन विद्यार्थीहरुकाे लागि समेत शैक्षिक सामग्री उपलब्ध गराउने लगायतका कार्यक्रम हरेक बर्ष राखिदै आएकाे उहाँले बताउनुभयाे ।


प्रतिक्रिया