चिचिला गाउँपालिकाले उपभाेक्ता समितिलाई दियाे अभिमुखिकरण तालिम



खाँदबारी । संखुवासभाकाे चिचिला गाउँपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन हुने याेजनाकाे उपभाेक्ताहरुलाई याेजना सञ्चालन सम्बन्धि अभिमुखिकरण तालिम दिएकाे छ । पाँच वटै वडाकाे उपभाेक्ताहरुलाई गाउँपालिकाकाे सभाहलमा बाेलाई अभिमुखिकरण तालिम दिएकाे हाे ।

याेजना सञ्चालन गर्दा गुणस्तर कायम गराउने तथा उपभाेक्ता समितिलाई याेजना सञ्चालन प्रकृयामा सहज बनाउने उद्देश्यले उपभाेक्ताहरुलाई अभिमुखिकरण गराईएकाे गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयाेजक मनकला राईले बताउनुभयाे । पर्याप्त प्राविधिक परामर्श विना काम गर्दा गुणस्तर कायम नहुने भएकाेले सबै वडाका उपभाेक्ताहरुलाई एकै ठाउँमा भेला बाेलाई अभिमुखिकरण गराईएकाे राईले बताउनुभयाे । याेजना सञ्चालन प्रकृयाकाे बारेमा समेत जानकारी गराएपछि ज्ञान अभावका कारण उपभाेक्ता समितिले हैरानी खेप्न नपर्ने अपेक्षा लिईएकाे उहाँले बताउनुभयाे ।

याेजना सञ्चालन प्रकृया, अनुगमन, गुणस्तर कायम लगायतका विषयमा गाउँपालिकाका भाैतिक पुर्वाधार शाखा प्रमुख ई. उमेश कार्की लगायतका प्राविधिक टाेलीले अभिमुखिकरण गराएका थिए । समितिकाे खाता सञ्चालन, खाता बन्द लगायतका बारेमा प्रभु बैँक चिचिला शाखाका कर्मचारी राजु थापा मगरले प्रशिक्षण गराउनुभएकाे ई. उमेश कार्कीले जानकारी दिनुभयाे ।

अभिमुखिकरण कार्यक्रममा ६२ जना उपभाेक्ताहरुकाे उपस्थिति रहेकाे थियाे । हालसम्म करिव ८० प्रतिशत याेजनाकाे उपभाेक्ता समिति गठन भईसकेकाे गाँउँपालिकाले जनाएकाे छ । हाल अन्नबाली उठाउने कार्यमा ब्यस्त भएकाेले अन्नबाली उठाईसक्ने बित्तिकै धमाधम याेजना सञ्चालन गर्ने स्थानीय उपभाेक्ताहरुले बताएका छन् ।

सम्बन्धित समाचार