विराटनगरबाट १८ किलो गाँजासहित एक जना पक्राउ



विराटनगर । विराटनगर-५ स्थित रिङ रोडबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बर्जु गाउँपालिका-३ का २२ वर्षीय मुकेशकुमार चौधरी छन् ।

विशेष सूचनाका आधारमा दुहबीबाट खटिएको प्रहरी टोलीलाई बुधबार राति ११ बजे पक्राउ गरेको हो । प्रहरीलाई देख्नेबित्तिकै उनले झोला फ्याँकेर भागेका थिए । झोलाभित्र १८ किलो पाँच सय ८० ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

उनलाई लखेटेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

  संगालोखबरबाट साभार

सम्बन्धित समाचार