खाँदबारी । जिल्ला समन्वय समिति सङ्खुवासभाका सदस्य मृत भेटिएका छन् । जिल्ला समन्वय समिति सदस्य देउमान राई मृत अवस्थामा फेला परेका छन् ।
मकालु गाउँपालिका –३ हेदाङना निवास समन्वय समिति सदस्य राई आइतबार दिउँसो मृत अवस्था फेला परेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिनुभयाे । समन्वय समिति सदस्य राई मकालु – ३ हेदाङना स्थित घर नजिकैको धारामा मृत अवस्थामा फेला परेका छन् ।
समन्वय समिति सदस्य राईका हृदयघातका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयाे । मृतक राईको शव पोष्टमार्टमका सोमबार सदरमुकाम खाँदबारी ल्याइएकाे छ । राई हिमालय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा नेपाली काँग्रेस सङ्खुवासभाको क्षेत्रिय समितिका सभापति समेत हुन् ।


प्रतिक्रिया