जिल्ला समन्वय समिति सदस्यकाे शाेकमा मकालु गाउँपालिकाले दियाे बिदा



खाँदबारी । जिल्ला समन्वय समिति संखुवासभाकाे सदस्य देउमान राईकाे निधनकाे शाेकमा मकालु गाउँपालिकाले शाेक बिदा दिएकाे छ । गाउँपालिकाले आज (साेमबार) गाउँपालिका र मातहतका कार्यालयहरुमा शाेक बिदा दिएकाे हाे ।

मकालु गाउँपालिका ३ स्थायी घर भएका राई २०७९ काे स्थानीय तहकाे निर्वाचनमा वडा सदस्य पदमा निर्वाचित हुनुभएकाे थियाे । त्यसपछि उहाँ  जिल्ला समन्वय समिति संखुवासभाकाे सदस्य पदमा निर्वाचित हुनुभएकाे थियाे ।

राई आईतबार दिउँसाे घर नजिकैकाे धारामा मृत्त अवस्थामा भेटिएकाे थियाे । राईकाे दुखद् निधनले गाउँपालिका परिवारमा अपुरणीय क्षति भएकाे गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले बताउनुभयाे ।

राई नेपाली कांग्रेस संखुवासभाकाे क्षेत्रीय सभापति समेत हुनुहुन्थ्याे ।

 

 

सम्बन्धित समाचार