खाँदबारी । संखुवासभाकाे चिचिला गाउँपालिकाले अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै आएकाे छ । यस बर्ष पनि साहारा विहिन बालबालिकाहरुलाई गाउँपालिकाले शैक्षिक सामग्री वितरण गरेकाे छ ।
गाउँपालिकाका नजप्रतिनिधिहरु, शिक्षा शाखाका कर्मचारीहरु लगायतकाे टाेली विद्यालयमा पुगेर सामग्री वितरण गरेका हुन् । यस बर्ष कापी, कलम लगायतका सामग्रीहरु प्रदान गरिएकाे गाउँपालिकाका शिक्षा अधिकृत बासु काेईरालाले जानकारी दिनुभयाे । आमा वा बुवा नभई अरुकै साहारामा बसेर पढ्दै गरेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिदै आएकाे उहाँले बताउनुभयाे । यस बर्ष १८० जना अनाथ विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएकाे उहाँकाे भनाई छ ।
बालबालिकाहरुलाई पढाईमा उत्प्रेरणा जगाउनका लागि गाउँसभाबाटै यस्ताे कार्यक्रम राखिएकाे सामाजिक विकास समिति संयाेजक एवम् वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयाे । पालिकाले दिएकाे सामग्रीले बालबालिकालाई थाेरै भएपनि राहत मिल्ने मात्र नभई ‘पढ्नु पर्छ’ भन्ने भावनाकाे विकासकाे लागि याे कार्यक्रम राखिएकाे तामाङले बताउनुभयाे ।
बालबालिकाहरुकाे पढाईमा राहत पुर्यार्याउने गाउँपालिकाकाे थुप्रै कार्यक्रमहरु रहेकाे उहाँले बताउनुभयाे । गरिव तथा जेहेन्दार १० जना विद्यार्थीहरुलाई कापी, कलम, झाेला र २, २ सेट विद्यालय पाेशाक हालै मात्र वितरण गरिएकाे उहाँले बताउनुभयाे । टाढाबाट विद्यालय पढ्न आउने विद्यार्थीहरुलाई निशुल्क आवासकाे लागि गाउँपालिकाले रकम उपलब्ध गराउने समेत तामाङले जानकारी दिनुभयाे ।
त्यस्ताे सेवा लिन चाहने विद्यार्थीहरुले वडा तथा पालिकामा सम्पर्क गर्न समेत उहाँले अनुराेध गर्नुभयाे ।


प्रतिक्रिया