राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च



खाँदबारी । साेमबार राजधानी काठ्माण्डाैमा महिला जनप्रतिनिधिहरुकाे उत्सव तथा अवार्ड समाराेह सम्पन्न भयाे । उक्त समाराेहमा विभिन्न स्थानीय तहहरुकाे अर्गानिक उत्पादनकाे स्टल समेत राखिएकाे थियाे ।

उक्त कार्यक्रममा संखुवासभाकाे चिचिला गाउँपालिकाले पनि आफ्नाे केहि अर्गानिक उत्पादन सहित कार्यक्रममा भाग लियाे । पालिका उपाध्यक्ष मनकला राईकाे संयाेजकत्वमा कार्यपालिका सदस्य जुल्मी राई सहितकाे टाेलीले पानी मकै, कालाे भटमास, अलैँची, टिमुर लगायतका स्थानीय अर्गानिक उत्पादनहरु स्टलमा राखेका थिए । विक्रिका लागि समेत  राखिएकाे ति अर्गानिक बस्तहरु प्राय सवै विक्रि भएर सकियाे । त्यस मध्येमा पनि पानी मकैले विशेष चर्चा पायाे ।

स्टलमा राखिएकाे केहि समयमा नै पानी मकै सकिएकाे उपाध्यक्ष मनकला राईले बताउनुभयाे । पालिकाबाट जम्मा १४ पाथी मात्र  पानी मकै लगिएकाेमा छाेटाे समयमा नै पानी मकै विक्रि भईसकेकाे उपाध्यक्ष राईले बताउनुभयाे । पछि पानी मकै साेध्नेहरु पनि प्रसस्तै आएकाे उहाँले बताउनुभयाे । ‘अरु सामान पछिसम्म नै रह्याे, पानी मकै धेरै टिकेन, पछिसम्म खाेज्नेहरु आईरह्याे’, उपाध्यक्ष राईले भन्नुभयाे ।

पानी मकै अति दुर्लभ अन्नबाली हाे । याे मकै संखुवासभाकाे चिचिला गाउँपालिकामा मात्र उत्पादन हुने बताईएकाे छ । बारीमा लगातार पानी बगाएर लगाईने याे बालीकाे संरक्षण तथा प्रवर्धनकाे लागि चिचिला गाउँपालिकाले कृषकहरुलाई विशेष अनुदानकाे ब्यवस्था गरेकाे थियाे । याे मकै अत्यन्त स्वादिलाे तथा स्वास्थ्यकाे लागि लाभदायक मानिन्छ ।

पहिलाे महिला राष्ट्रपति विद्यादेवी भण्डारीकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान पुर्याएका महिलाहरुलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाकाे पनि उपस्थिति रहेकाे थियाे ।

 

सम्बन्धित समाचार