पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने



लिस्वन । राइज फाइटिङ च्याम्पियनसिपले पोर्चुगलको पोर्तो शहरमा आयोजना गर्न लागेको मिक्स मार्सल आर्ट(एमएमए) प्रतियोगितामा नेपालका भूपेन्द्र पुन मगरले सहभागिता जनाउने भएका छन् ।

बागलुङको बुर्तिबाङमा जन्मिएका तेक्वान्दो खेलमा तेस्रो डाँन प्राप्त खेलाडी मगरले आगामी १४ डिसेम्बरमा हुन लागेको प्रतियोगितामा सहभागी हुन लागेको हो । मगरले ‘पेसो गालो’ समूहमा पोर्चुगलका तियागु तेइसेइरासँग प्रतिष्पर्धा गर्नेछन् ।

उनले यसै वर्ष सम्पन्न Furious FC 09 (MMA), European Jiu-Jitsu Championship (BJJ) र Rise Fighting Championship (BJJ) तीनवटै प्रतियोगितामा स्वर्ण पदक जितेका थिए।

यसअघि मगरले २०१५ को ITF National Championship मा स्वर्ण पदक प्राप्त गरेका थिए। त्यस्तै, २०१२ को Muay Thai Asian Championship तथा Egypt Open International Championship (Kickboxing) मा पनि उनले स्वर्ण पदक हासिल गरेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्।

सम्बन्धित समाचार