एमाले संखुवासभाद्वारा छ जना उम्मेदवार सिफारिस



संखुवासभा — पार्टीको आन्तरिक छलफल, संगठनात्मक आवश्यकता र स्थानीय जनमतलाई आधार मानेर योग्य र अनुभवी व्यक्तिहरूको नाम सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ ।

संखुवासभा — नेकपा एमाले संखुवासभा जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ जनाको नाम केन्द्रमा पठाएको छ ।

पार्टीको आन्तरिक छलफल, संगठनात्मक आवश्यकता र स्थानीय जनमतलाई आधार मानेर योग्य र अनुभवी व्यक्तिहरूको नाम सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ । सिफारिस सूचीमा पार्टीका वर्तमान प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम अग्रपंक्तिमा रहेका छन् ।

यस्तै, कोशी प्रदेशका पूर्वमन्त्री तुलसीप्रसाद न्यौपाने, नेता भविश्वर गुरुङ, शेरबहादुर कार्की, अर्जुन कार्की, अम्बिका खवास पनि प्रत्यक्षतर्फ उम्मेदवार सफारिस भएका छन् ।

सम्बन्धित समाचार