सखुवासभा — आगामी फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सखुवासभाले जिल्लाभर चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ । पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ।
१० स्थानीय तह रहेको संखुवासभामा एमालेले ठूला पालिकामा ५०१ सदस्यीय र साना पालिकामा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको अध्यक्ष राईले जानकारी दिए । यी कमिटीमार्फत वडा, टोल र बस्ती स्तरसम्म घरदैलो तथा जनसम्पर्क अभियान सञ्चालन गरिने प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनकुमार कार्कीको जिल्ला कमिटी सचिवालय सदस्य किरणकुमार शाक्यले बताउनुभयो । पार्टीले प्रचार सामग्रीको तयारी तथा वितरण, सवारी साधनको प्रयोग र अन्य व्यवस्थापनका सम्पूर्ण कार्यहरू निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गरिने स्पष्ट पारेको छ । अध्यक्ष राईले माघ १५ देखि फागुन २ गते सम्मको प्रचार तालिका समेत सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया