खाँदबारी । संखुवासभा सदरमुकाम खाँदबारीमा फिल्म हल सञ्चालनमा आउने भएकाे छ । खाँदबारीकाे बुद्ध चाेकमा स्थापित जिएसएफ सिनेमा हल माघ २४ बाट सञ्चालनमा आउने भएकाे हाे ।
हलमा विहान, दिउँसाे र साँझ गरि दैनिक ३ साे चलचित्र प्रदर्शन गरिने हलका मेनेजिङ्ग डाईरेक्टर राजिव श्रेष्ठले जानकारी दिनुभयाे । माघ २४ गतेदेखि विहान ९ बजे परान प्रदर्शन हुने श्रेष्ठले जानकारी दिनुभयाे । त्यस्तै दिउँसाे १२ बजे कुमारी र साँझ ६: ३० बजे रमिताकाे पिरति प्रदर्शन हुनेछ ।
कुमारी र रमिताकाे पिरती माघ २३ मा रिलिज भएकाे चलचित्र हाे भने परान सय दिन मनाउन सफल चलचित्र हाे ।
चलचित्र हल सञ्चालनले खाँदबारीकाे ब्यावसायिक चहलपहल बृद्धि हुने अपेक्षा गरिएकाे जिएसएफ सिनेमा हलका मेनेजिङ्ग डाईरेक्टर श्रेष्ठले बताउनुभयाे ।


प्रतिक्रिया