काठमाण्डाै । सङ्खुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको ७ औँ अधिवेसन सम्पन्न भएकाे छ । दक्षिण काेरियाकाे सउल दुङदेमुन स्थीत सभेच्छा रेष्टुरेन्टकाे हलमा साेमबार अधिवेशन सम्पन्न भएकाे हाे ।
अधिवेसनले जाम्लिङ लामा भाेटेकाे अध्यक्षतामा १७ सदसीय कार्य समिति गठन गरेकाे छ । समितिकाे उपाध्यक्षहरुमा पिम्बा नुर्वू भाेटे, सुरज कार्की र मिङ्मा शेर्पा चयन गरिएकाे छ । त्यस्तै सचिवमा दिनेश बुढाथाेकी, सहसचिवमा सन्ताेष गुरुङ, काेषाध्यक्षमा तेन्जि शेर्पा, सहकाेषाध्यक्षमा अस्मिता श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा टासी भोटे, युरुङ भोटे, सरीता देवान, लमु शेर्पा, सरोज सुबेदी, पुसाङ्ग भोटे, पासाङ्ग शेर्पा, निमा छिरिङ्ग शेर्पा रहेका छन् । अधिवेसनले निबर्तमान अध्यक्ष पासाङ डी शेर्पालाई सल्लाहकारकाे रुपमा मनाेनित गरेकाे छ ।
राेजगारीकाे क्रममा दक्षिण काेरियामा रहेका संखुवासभालीहरुकाे याे सँस्थाले विभिन्न समस्यामा परेका जिल्लावासीहरुलाई सहयाेग गर्दै आएकाे छ । विगतदेखि नै प्राकृतिक विपदकाे समयमा पनि याे सँस्थाले सहयाेग जुटाउँदै आएकाे सँस्थाका पूर्व अध्यक्ष रेखबहादुर गुरुङले जानकारी दिनुभयाे । याे सँस्थाले विगत ५ बर्षदेखि संखुवासभाका विद्यार्थीहरुलाई प्रत्येक बर्ष ५0 देखि ६० जनालाई छात्रबृत्ति समेत दिँदै आएकाे छ ।


प्रतिक्रिया