दश दिनपछि खुल्यो तुम्लिङटार विमानस्थल



फाइल फाेटाे

खाँदबारी । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ ।

आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताउनुभयो ।

तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको थियाे । यो विमानस्थलमा बुद्ध एयरले दैनिक एक उडान भर्दै आएकाे छ ।

सम्बन्धित समाचार