सुर्योदय नगरपालिका-७ पाल्टाङ्गेमा सवारी दुर्घटना ; मोटरसाइकल पछाडि सवारको मृत्यु



इलाम । मेचीराजमार्ग अन्तर्गत इलामको सुर्योदय नगरपालिका–७ पाल्टाङ्गेमा सोमबार बिहान करिब ११ ;३५ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोडबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-०१८ प १५२० नम्बरको मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका–५ बस्ने करिब ३१ वर्षीय तिङ्कु साहुले ब्रेक लगाउने क्रममा पछाडि सवार सोही स्थानका करिब ५० वर्षीय मनोज चौधरी अचानक मोटरसाइकलबाट लडेका थिए । त्यस क्रममा विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले उनको टाउको किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय पशुपतिनगर बाट प्रहरी टोली खटिएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ । उनको अवस्था बोल्न सक्ने रहेको बताइएको छ ।

ट्रक चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ बस्ने करिब ३० वर्षीय हरी नारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित समाचार