एसईईमा सर्वाेत्कृष्ठ जिपिए ल्याउने कुलुङ विद्यार्थीले ५० हजार रुपैयाँ पाउने



खाँदबारी । यस बर्ष सुरु हुन लागेकाे एसईई परिक्षामा सर्वाेत्कृष्ठ जिपिए ल्याउने कुलुङ विद्यार्थीले नगद ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । किराँत कुलुङ समाज दक्षिण काेरियाले सर्वाेत्कृष्ठ विद्यार्थीलाई उक्त प्राेत्साहन रकम दिने भएकाे हाे ।

पढाई प्रति विद्यार्थीहरुकाे हाैसला बढाउने तथा माथिल्लाे कक्षामा सहयाेग पुर्याउने उद्देश्यले याे कार्यक्रम राखिएकाे समाजले जनाएकाे छ । उक्त पुरस्कार रकम आफ्नाे आधिकारिक नाम पछाडीकाे थरमा कुलुङ भएकाे हुनु पर्ने समाजका सचिव कृष्ण कुलुङले जानकारी दिनुभयाे । विद्यार्थीहरुले बराबरी जिपिए ल्याएमा पुरस्कार रकम बाँडिने उहाँले बताउनुभयाे ।

पुरस्कार दावी तथा वितरण बारे परिक्षाकाे नतिजापछि समाजले अर्काे सुचना जारी गर्ने समेत सचिव कुलुङले जानकारी दिनुभयाे ।

किराँत कुलुङ समाज दक्षिण काेरियामा राेजगारीकाे क्रममा रहेका कुलुङ समुदायकाे साझा सँस्था हाे । यस सँस्थाले विपदमा परेका कुलुङ समुदायलाई सहयाेग गर्दै आएकाे छ । त्यस्तै, कुलुङ जातिकाे भाषा, सँस्कार, सँस्कृतिकाे संरक्षण तथा सँस्थागत विकासमा पनि सहयाेग गर्दै आएकाे छ ।

गत बर्ष समाजले कुलुङ गित लेखन प्रतियाेगिता आयाेजना गरेकाे थियाे । विजेता गित रेकर्ड समेत भई सार्वजनिक समेत भईसकेकाे छ ।

सम्बन्धित समाचार