अमेरिकालगायत अन्य देश पठाउन सक्ने एजेन्ट भएको भन्दै उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
आफ्नो स्थायी घरको ठेगानासमेत सत्य, तथ्य नबताएर फरक÷फरक स्थान बताउने र ठगी गर्दै हिँड्ने ३५ वर्षका सुप्पा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
श्रेष्ठले तामाङको गतिविधिमा शङ्का लाग्न थालेपछि प्रहरीमा निवेदन दिएर पक्राउ गराएपछि तामाङ ठग भएको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक दवीप्रसाद फागुले बताए।कहिले आफ्नो स्थायी घर नुवाकोट– २ देउराली र कहिले पोखराको लेखनाथ नगरपालिका– ३ बताउने र भारतको हरियानासमेत घर बताउँदै हिँड्ने तामाङले त्रियुगा नगरपालिका– १२ का सानु श्रेष्ठको ज्वाइँलाई विदेश पठाउने भन्दै पहिला ३५ हजार पेस्की लिएर अन्य व्यक्तिसमेत खोजी दिन भन्दै ठगी गरेको प्रहरीले बताएको छ ।
केहि दिनअघि तामाङलाई श्रेष्ठको निवेदनको आधारमा प्रहरीले पक्राउ गरेपछि तामाङको साथबाट अमेरिकाको वाशिङ्टन डिसीको कृतिम परिचयपत्र, विभिन्न देशको कृतिम आवासीय परिचयपत्र र तारा एयरलाइन्सको कर्मचारीको कृतिम परिचयपत्र समेत पाइएको प्रहरीले जनाएको छ ।
हाल तामाङलाई अनुसन्धानपछि ठगी सम्बन्धित कानुनी कारबाही सुरु गरिसकिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया